मलेसियाको विश्वविद्यालयसँग लर्डबुद्ध एजुकेसन फाउन्डेसनको सहकार्य
काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउन्डेसनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनले मलेसियामा पाँचतारे प्लसको अंक प्राप्त गरेको हो ।
सूचना प्रविधिसम्बन्धी सो विश्वविद्यालय मलेसियामा पाँचतारे प्लस अंकप्राप्त गर्ने एक मात्र विश्वविद्यालय भएको लर्डबुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जालानले जानकारी दिए । सो विश्वविद्यालयले लर्डबुद्धसँग सूचना प्रविधि विषयमा अध्ययनका लागि लामो समयदेखि सहकार्य गर्दै आएको छ । एसिया प्यासिफिक युनिभर्सिटी विदेशी विद्यार्थी अध्यययन गर्ने आधारमा मलेसियाकै सबैभन्दा ठूलो र विश्वको १६औँ नम्बरमा रहेको लर्डबुद्धद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि रोजगारी दर समेत शतप्रतिशत रहेको फाउन्डेसनले उल्लेख गरेको छ । एसिया प्यासिफिक युनिभर्सिटीसँग लर्डबुद्ध एजुकेसन फाउन्डेसनले लामो समयदेखि सहकार्य गर्दै आएको छ ।
लर्डबुद्ध एजुकेसन फाउन्डेसनले एसिया प्यासिफिक विश्वविद्यालयको सम्बन्धनमा सूचना प्रविधि विषयमा शिक्षा प्रदान गर्दै आएको छ ।
स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउन्डेसनले पनि रोजगारी समेत उपलब्ध गराउँदै आएको जनाएको छ । फान्डेसनमा अध्ययनरत विद्यार्थी तथा शिक्षकका लागि ११ वटा अनलाइन लाइब्रेरीको समेत सुविधा उपलब्ध गराइएको अध्यक्ष जालानले जानकारी दिए । फाउन्डेसनले पढ्दै कमाउँदै नीतिलाई अङ्गीकार गरेर रोजगारयुक्त शिक्षा उपलब्ध गराएको छ । लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीमा समेत विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत शैक्षिक सुविधा पाउने अध्यक्ष जालानको भनाइ छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया