Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाचिकित्सा शिक्षाको शुल्क निर्धारण

चिकित्सा शिक्षाको शुल्क निर्धारण


काठमाडौं । राष्ट्रिय चिकित्सा आयोगले शैक्षिक सत्र २०८१/८२ का लागि चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगले मंगलबार सूचना जारी गरी चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको जानकारी दिएको हो ।

आयोगका अनुसार स्नातक तहको कार्यक्रममा एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७२० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार दुई सय ९० रुपैयाँ, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार रुपैयाँ, बीएस्सी एमआइटी, बीपीटी, बी मेडिकल माइक्रोलोजी र बी बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपीलगायतको शुल्क सात लाख ७७ हजार रुपैयाँ तोकिएको छ । यस्तै, बीएएमएसमा ११ लाख ३१ हजार नौ सय ३० रुपैयाँ, बीएनएस/पीवीएनमा पाँच लाख १८ हजार र फार्म डी मा छ लाख ७३ हजार चार सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोलोजी र एमएस्सी मेडिकल बायोकेमेस्ट्री, एमएस्सी एमआईटी, एमएस्सी एमएलटीको सात लाख ५७ हजार आठ सय ३० तोकिएको छ । यस्तै, स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको तीन लाख चार हजार दुई सय २० र डीएमको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगले जनाएको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x