Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाआज एसइईको नतिजा सार्वजनिक गरियो

आज एसइईको नतिजा सार्वजनिक गरियो


भक्तपुर । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ । यस वर्ष परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन् ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएका छन् र ती मध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् ।

बोर्डले परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये नियमित तर्फ उत्तीर्ण भएका दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने जनाएको छ ।

परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको बताए । उनले दुई सय २१ जनाको परीक्षा रद्द भएको जानकारी दिए । परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ ।


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x