Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाकलेजमा सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्छ: सभामुख घिमिरे

कलेजमा सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्छ: सभामुख घिमिरे


काठमाडौँ । बानेश्वरस्थित मदनभण्डारी मेमोरियल कलेजको २३औँ वार्षिकोत्सवको उद्घाटन गर्दै सभामुख देवराज घिमिरेले मदन भण्डारी कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताएका छन् ।

सभामुख घिमिरेले पछिल्लो समय शिक्षा सरल, सुलभ र पहुँचयोग्य बनाउन समस्या उत्पन्न भएकाले यस कलेजमा सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्ने धारणा राख्दै जननेता मदन भण्डारी जस्तो द्वन्द्वात्मक भौतिकवादी चेत भएका नेतालाई भावी पुस्ताले अनुसरण गर्नुपर्ने सुनाए ।

सभामुख घिमिरेले ३० वर्षअघि रहस्यमय मृत्युवरण गरेका भण्डारीको समाज रुपान्तरणको दर्शन अनुसरण योग्य भएको उल्लेख गर्दै उनले भण्डारीका विचारलाई बुझाउने र बुझ्ने दक्ष जनशक्ति निर्माण गर्न आवश्यक रहेकामा जोड दिए । सो अवसरमा उत्कृष्ट एवं स्वर्णपदक पाएका विद्यार्थीलाई सम्मान गरिएको थियो ।

No description available.

देशका पाँच उत्कृष्ट कलेजमा पर्न सफल भएको उल्लेख गर्दै कलेजका प्राचार्य डा. बाबुराम अधिकारीले २३ वर्षको अवधिमा कलेजको शैक्षिक गुणस्तरमा निरन्तर सुधार हुँदै गएको बताए । सुरुमा सीमित विद्यार्थीद्वारा सञ्चालित कलेजमा हाल एक हजार पाँच सय विद्यार्थी पठनपाठन गरिरहेका अधिकारीले जानकारी दिए । कार्यक्रममा कलेजको ट्रान्सफर्मेसन इ–बुलेटिन र स्काउट कार्यक्रमसमेत उद्घाटन गरिएको थियो ।


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x