Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाग्लोकल टिन हिरो नेपालको एक्टिभेसन कार्यक्रम

ग्लोकल टिन हिरो नेपालको एक्टिभेसन कार्यक्रम


काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको सातै प्रदेशका विभिन्न सहरका विद्यालयहरूमा एक्टिभेसन कार्यक्रम सम्पन्न भएको छ । ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणका लागि आवेदन खुलेकाले सो प्लेटफर्मको बारेमा जानकारी दिनका लागि एक्टिभेसकन कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमका क्रममा सामाजिक कार्य, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण र अन्य धेरै क्षेत्रमा महत्वपूर्ण प्रभाव पर्दै आएका धेरै प्रतिभाशाली किशोरकिशोरीहरू भेटिएको आयोजकले जनाएको छ । ग्लोकल टिमले पूर्वदेखि पश्चिमसम्म नेपालका ५० भन्दा बढी सहरका विभिन्न विद्यालय/कलेजहरूमा किशोरकिशोरीहरूसँग अन्तरक्रिया गरेका थिए । कार्यक्रम गर्दा विभिन्न स्थानीय तहहरूसँग पनि समन्वय गरिएको थियो । ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्रबाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै उनीहरूको समाजमा गरेको प्रभावकारी कार्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x