Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाब्रिटिस काउन्सिलको शैक्षिक एजेन्ट र परामर्शदाताको सेमिनार

ब्रिटिस काउन्सिलको शैक्षिक एजेन्ट र परामर्शदाताको सेमिनार


काठमाडौं । ब्रिटिस काउन्सिलले संयुक्त अधिराज्य (युके) मा विद्यार्थीहरूको शैक्षिक अनुभव वृद्धि गर्न एजेन्ट र परामर्शदाताहरूका लागि सेमिनार आयोजना गरेको छ । युकेको शैक्षिक अवसर तथा सांस्कृतिक सम्बन्धका लागि अन्तर्राष्ट्रिय संस्था ब्रिटिस काउन्सिलले हालै सो सेमिनार आयोजना गरिएको हो ।

कार्यक्रममा नेपालभरका एजेन्ट र विद्यालय परामर्शदाताहरूको सहभागिता रहेको थियो । नेपाली विद्यार्थीहरूका लागि युके एक प्रमुख अध्ययन गन्तव्यको रूपमा रहेको छ । विद्यार्थीहरूले युकेलाई उच्चस्तरीय शिक्षा प्राप्त गर्नका साथै व्यक्तिगत तथा व्यावसायिक विकासका लागि अवसरहरू खोज्ने मौकाका लागि रोज्ने गरेका छन् । विद्यार्थीहरूको सो यात्रालाई सहज बनाउन एजेन्टहरू र परामर्शदाताहरूको महत्व बुझ्दै ब्रिटिस काउन्सिलले उनीहरूलाई युकेमा अध्ययन गर्न र विद्यार्थीहरूलाई प्रभावकारीरूपमा सहयोग गर्नको लागि सम्बन्धित जानकारी दिनको लागि सो कार्यक्रम आयोजना गरेको थियो ।

सो सेमिनारको नेतृत्व ब्रिटिस काउन्सिलको स्टडी युके युनिटका प्रतिनिधि, बेलायतको भिसा तथा अध्यागमन र ब्रिटिस युनिभर्सिटी इन्टरनेसनल लाइजन एसोसिएसनका प्रतिनिधिहरूले गरेका थिए । एजेन्ट र काउन्सिलर बैठकले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको गतिशीलता सक्षम पार्ने र विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक प्रयासमा सफलताको निम्ति आवश्यक सहयोग प्राप्त गर्ने सुनिश्चित गर्ने जनाइएको छ । ब्रिटिस काउन्सिलले एजेन्ट क्वालिटी फ्रेमवर्कजस्ता पहलहरूमार्फत विद्यार्थीलाई भरपर्दो मार्गदर्शन र सहायता प्रदान गर्न आवश्यक नैतिक मापदण्ड र ज्ञानले एजेन्ट र परामर्शदाताहरूलाई सुसज्जित पार्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा नेपालस्थित बेलायती दूतावासका डेपुटी हेड अफ मिसन लुक ब्युमन्टले पछिल्लो हिसा २०२२–२३ डेटाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि गन्तव्यको रूपमा युकेको लोकप्रियता बढ्दै गएको देखाएको बताए । सन् २०२२ को तुलनामा सन् २०२३ मा अध्ययनका लागि युके जाने नेपाली विद्यार्थीको संख्या ८२ प्रतिशतले बढेको छ ।

ब्रिटिस काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडुगलले ब्रिटिस काउन्सिलले समावेशी, उच्च गुणस्तरको शिक्षण र सिकाइलाई अभिवृद्धि गर्नका लागि नेपालका सबै तहका सरकारहरूसँग सहकार्य गर्दै आएको बताइन् । जलवायु परिवर्तन, मानसिक स्वास्थ्य, सम्पदा र लैङ्गिक समानताजस्ता महत्वपूर्ण विश्वव्यापी मुद्दाहरू समेत सहकार्य गर्दै आएको उनले जानकारी दिइन् । यस्तै, ब्रिटिस काउन्सिलले भर्खरै नयाँ, निःशुल्क एजेन्ट र परामर्शदाता प्रशिक्षण र अन्तरक्रियात्मक हब सुरु गरेको जनाएको छ । यसले विश्वभरका शिक्षा सल्लाहकारहरूलाई युकेको शिक्षा प्रणाली र अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रूपमा देशको बारेमा सम्पूर्ण जानकारी प्रदान गर्ने जनाइएको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x