एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजको वार्षिकोत्सव
काठमाडौं । एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज (ईईभीएस) ले शिक्षा र इमिग्रेसन सेवामा २१ वर्ष पार गरेको छ । उक्त अवसरमा संस्थाले सफलताको उत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा एक्सपर्ट एजुकेसनले कुमारीपाटी शाखामार्फत शान्ति विद्यालयमा आयोजना गरी मर्मस्पर्शी वृद्ध नागरिकलाई सम्मान गरिएको थियो ।
‘वृद्ध नागरिकहरूको सम्मानः एक राम्रो र समृद्ध समाजको पहिचान’ नाम दिएको उक्त कार्यक्रमले संस्थाको सामुदायिक मूल्य र वृद्धहरूको कल्याणप्रति प्रतिबद्धता जनाएको उल्लेख गरेको छ । कार्यक्रममा ९५ जना वृद्धवृद्धालाई सहभागिता गराइएको थियो भने एक सय ५० जना बढी सहभागीहरू थिए । वृद्धवृद्धालाई संस्थाका पदाधिकारीले दोसल्ला ओढाएर उपहारसहित सम्मान गरेका थिए ।
एक्सपर्ट एजुकेसनका नेपाल निर्देशक विकास ज्ञवालीले संस्थाले शैक्षिक अध्ययनका लागि सरलीकरणका साथै समुदायमा समेत वृद्धवृद्धाको सम्मान गरी समाजप्रति सदैव उत्तरदायी बन्दै आएको बताए । वृद्धवृद्धा युवाहरूलाई समृद्ध बनाउने आधार बन्दै आएको बताउँदै उनले संस्थाले पनि युवाहरूलाई शिक्षाको लागि प्रेरणा दिई समाजलाई अगाडि बढाउन मद्दत गरेको बताए । संस्थाका प्रबन्धक यज्ञप्रसाद गैरेले युवाहरूलाई शिक्षित बनाउन सदैव मेहनत गर्ने संस्थाको प्रतिबद्धता रहेको बताए । अर्का प्रबन्धक देवी लम्सालले वृद्धको सम्मान केवल एक आदरको संकेत मात्र नभई समुदायलाई निर्माणमा उनीहरूले पुर्याएको जीवनभरको योगदानको मान्यता रहेको बताइन् । कार्यक्रममा मिखाबाहा टोलका अध्यक्ष अशोक महर्जनले वृद्ध नागरिकहरूको सम्मान गरी एक्सपर्ट एजुकेसनले आफ्नो शिर उच्च राखेको बताए ।
त्यस्तै, एक्सपर्ट एजुकेसन पुतलीसडक कार्यालयले आफ्नो कार्यालय परिसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो भने मानवसेवा आश्रममा खाना खुवाउने काम समेत गरेको थियो । एक्सपर्ट एजुकेसन महाराजगञ्ज कार्यालयले असहायलाई सहयोग गर्दै आएको ‘हिमालयन ओल्ड एज होम’ संस्थालाई आवश्यक राहत सामग्रीहरू प्रदान गरेको थियो । एक्सपर्ट एजुकेसन वैदेशिक अध्ययनका लागि प्रमुख परामर्श कम्पनी हो । अस्ट्रेलिया, क्यानडा, बेलायत र अन्य देशहरूमा उपयुक्त कोर्स र संस्थानहरू चयन गर्न विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया