Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षामहोत्तरीका विद्यालय गर्मीका कारण बन्द

महोत्तरीका विद्यालय गर्मीका कारण बन्द


जलेश्वर (महोत्तरी) । जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस विगत एक सातादेखि अचानक गर्मी बढेपछि बन्द गरिएका छन् । बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले मंगलबारदेखि चार दिनका लागि विद्यालय बन्द गरेका हुन् ।

नगर प्रमुख सुरेश साह सोनारले ४० देखि ४४ डिग्रीसम्म तापक्रम पुगेपछि सदरमुकाम जलेश्वर नगरपालिकाले नगरक्षेत्रका सबै २९ वटा सामुदायिक एवं धार्मिक विद्यालयहरु मंगलबारदेखि लागू हुनेगरी चार दिनका लागि बिदा दिएको बताए ।

महोत्तरी गाउँपालिकाले मंंगलबारदेखि सबै सामुदायिक विद्यालयहरुमा शनिबारसम्मका लागि बिदा दिएको छ । मनरासिस्वा नगरपालिकाले पनि आउँदो शनिबारसम्मका लागि सबै २३ वटा सामुदायिक, धार्मिक तथा मदर्सामा बिदा दिएको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिए ।

नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बर्दिबास नगरपालिकाले गर्मीलाई दृष्टिगत गरी मंगलबारदेखि चार दिनका लागि नगरभित्रका विद्यालयहरुमा पठनपाठन बन्द गरेको बताए । जलेश्वरस्थित रामनन्दन विशेश्वर महेन्द्र क्याम्पसमा पनि बिदा दिइएको क्याम्पस प्रमुख अजयकुमार झाले बताए । गर्मीकै कारण सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा ज्वरो, रुघाखोकी, झाडापखाला र टाइफाइडजस्ता बिरामीहरुको चाप बढेको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x