Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाविद्यार्थी भर्ना नहुँदा सिभिल इन्जिनियरिङ विषयको पढाइ बन्द

विद्यार्थी भर्ना नहुँदा सिभिल इन्जिनियरिङ विषयको पढाइ बन्द


दोलखा । दोलखाका करिब आधादर्जन विद्यायलहरूमा सञ्चालित तीन वर्षे सिभिल इन्जिनियरिङ विषयको पढाइ बन्द भएका छन् । सरकारको गाउँगाउँमा प्राविधिक उत्पादन गर्ने अभियानअन्तर्गत दोलखा जिल्लामा छ वटा विद्यालयले सिभिल इन्जिनियरिङ विषयको अध्यापनको लागि अनुमति पाएका थिए ।

अनुमति पाएकामध्ये चार वटामा विद्यार्थी भर्ना हुन नआएपछि पढाइ बन्द भएको हो । जिरी प्राविधिक शिक्षालय जिरीमा ४८ जनाको कोटा रहेकोमा हालसम्म छ जना विद्यार्थी भर्ना भएका छन् । ग्रेड वृद्धिको नतिजासँगै अरू विद्यार्थी भर्ना हुन आउने झिनो आशा रहेको शिक्षालय प्रमुख कर्म शेर्पाले बताए । उनका अनुसार तीन वर्षअघिसम्म कोटा पूरा हुने गरेको थियो । गत वर्ष २१ जना मात्रै भर्ना भए । यो वर्ष छ जनाभन्दा बढी भर्ना हुने आशा झिनो रहेको उनले बताए । ‘विद्यार्थी कम हुँदा अनुदान पनि कम आउँछ । कक्षा सञ्चालन सङ्कटमा पर्न थालेको छ’, उनले भने ।

विद्यार्थी भर्ना नहुँदा शैलुङ गाउँपालिकाको दुर्गा माध्यमिक विद्यालयमा गत वर्षदेखि नै यो विषयको पढाइ बन्द भएको छ । विद्यालयका प्रधानाध्यापक बालकृष्ण दाहालले सुरुसुरुमा यो विषयप्रति विद्यार्थीको आर्कषण देखिए पनि हाल घटेर गएको बताए । गहन अध्ययन, खर्चिलो, रोजगारी पाइनहाल्ने र पालिकाले ५० प्रतिशत विद्यार्थी स्थानीय हुनुपर्ने अन्यथा अनुदान नदिने नीति बनाएपछि अध्यापनमा पनि जटिलता थपिएपछि पठनपाठन बन्द गरिएको उनले जानकारी दिए । हाल यो विषय रद्द गरेर विज्ञान विषयको पठनपाठन सुरु गरिएको उनले बताए ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x