एसईई २०८० मा उत्कृष्ट हुनेलाई नगदसहित सम्मान
काठमाडौं । सिन्धुपाल्चोकमा जन्मेर अमेरिका बसोबास गर्दै आइरहेकाहरूको संस्था सिन्धु सोसाइटीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा जिल्लाबाट उत्कृष्ट हुनेलाई सम्मान गरेको छ । जिल्लाबाट परीक्षामा सामेल भएर उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई सम्मान गरिएको हो ।
जिल्लाबाट एसईई परीक्षामा सामेल भएर सर्वोत्कृष्ट अंक ल्याउने भूमेश्वरी माध्यमिक विद्यालयकी छात्रा नविना भण्डारी र इस्ट पोइन्ट एकेडेमी गणेश जोतीलाई जनही नगद ५१ हजार रूपैयाँसहित सम्मान गरिएको सोसाइटीका अध्यक्ष सूर्य खड्काले बताए । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठलगायतले विद्यार्थीलाई सम्मान गरेका हुन् । २०१० मा स्थापना भएको संस्थाले सुरुवातदेखि नै सिन्धुपाल्चोकका जेहेन्दार तथा अशक्त, असहाय विद्यार्थीहरूलाई निःशुल्क पढाइरहेको छ । संस्थाले हाल २७ जना विद्यार्थीलाई निःशुल्क पढाइरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
- भारतमा विद्युतीय गाडीको बिक्री २५ प्रतिशत बढ्यो
- इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण
- अवैधरूपमा अमेरिका छिर्न खोज्नेमाथि मेक्सिकन सेनाले चलायो गोली, छ जनाको मृत्यु
- लेकसाइडमा खुल्यो ‘लेक स्पाइस रेस्टुरेन्ट’
- केएल दुगड समूहका अध्यक्षलाई ‘जैन समाज रत्न’ सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया