Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाविद्यार्थीलाई अग्रवाल सेवा केन्द्रको छात्रवृत्ति

विद्यार्थीलाई अग्रवाल सेवा केन्द्रको छात्रवृत्ति


काठमाडौं । अग्रवाल सेवा केन्द्रले ५१४८ औँ अग्रसेन जन्मजयन्तीको अवसरमा काठमाडौंका २५ सामुदायिक विद्यालयका एक सय जना विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पोशाक वितरण गरेको छ । अग्रवाल सेवा केन्द्रका दाताहरूको सहयोगमा संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र पोशाक वितरण गरेको महासचिव पंकज जालानले जानकारी दिए ।

केन्द्रले अग्रसेन जयन्तीको अवसरमा प्रत्येक वर्ष सामाजिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । यो वर्ष सामुदायिक विद्यालयका एक सय विद्यार्थीलाई छात्रवृत्ति र पोशाक उपलब्ध गराइएको जालानले जानकारी दिए । अग्रवाल समाजका स्थापनाकर्ता एवं युग प्रवर्तक महाराजा अग्रसेनको ५१४८औँ जन्मजयन्ती समारोहका अवसरमा केन्द्रले समाजमा अग्रणी भूमिका निर्वाह गरेका विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरेको छ । कार्यक्रममा अग्रवाल समाजकी ज्येष्ठ नागरिक गोदावरी देवी अग्रवाल, कमलादेवी अग्रवाल, प्रह्लाद राय अग्रवाल, शिवशंकर अग्रवाललाई सम्मान गरिएको थियो । केन्द्रले शिक्षा क्षेत्रका विभिन्न नौ जना विद्यार्थीलाई अग्रसेन शिक्षा पदकबाट पुरस्कृत गरिएको समेत जनाएको छ ।

कार्यक्रममा अग्रवाल सेवा केन्द्रका अध्यक्ष गिरिधारी अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र खेतानलगायतले सामाजिक अभियानमा संस्थाले निरन्तर काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा अग्रवाल युवा मञ्चले समाजका बालबालिकाका लागि चित्रकला प्रतियोगिता आयोजना गरेको थियो ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x