भुवन केसी बने शेफर्ड कलेजको सद्भावना दूत
काठमाडौं । कलाकार/फिल्म निर्माता तथा निर्देशक भुवन केसी शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीको विशेष सद्भावना दूत नियुक्त भएका छन् । शान्तिनगरस्थित कलेजमा हालै आयोजित कार्यक्रममा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा कलाकार केसी र कलेजको तर्फबाट प्रबन्ध निर्देशक तरुणप्रताप शाहले हस्ताक्षर गरेका छन् । केसी चार वर्षका लागि शेफर्ड कलेजको सद्भावना दूत बनेका हुन् । सद्भावना दूतको रूपमा कलाकार केसी कलेजका विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमा सहभागी हुनेछन् । साथै, उनले आफ्नो सामाजिक सञ्जालमार्फत पनि कलेजको प्रवर्द्धन गर्ने समझदारी भएको छ । यसका साथै सम्झौता अवधिभर केसीको फिल्म निर्माता कम्पनी सुपर काजल फिल्म्सको ब्यानरमा बन्ने फिल्ममार्फत पनि शेफर्ड कलेजको प्रवर्द्धन गर्ने सहमति भएको छ ।
शेफर्ड कलेजका प्रबन्ध निर्देशक तरुणप्रताप शाहले कलेजले स्नातकोत्तर तहमा नेपालमै पहिलोपल्ट सिनेमाको पढाइ शेफर्ड कलेजले सुरु गरेको जानकारी दिए । उनले प्रविधिको विकाससँगै विद्यार्थीहरूको रूचिअनुसार समसामयिक विषयहरू थप गर्दै लैजाने जानकारी दिए । सन् २००२ मा स्थापित शेफर्ड कलेज नेपालकै पहिलो र एक मात्र मिडिया टेक्नोलोजी कलेज हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले २०१० देखि स्नातकोत्तर तहको पढाइ सुरु गरेको हो ।
शेफर्ड कलेजमा ब्याचलर्स इन मिडिया टेक्नोलोजी (बीएमटी) र मास्टर्स इन मिडिया टेक्नोलोजी (एमएमटी)को पढाइ हुन्छ । बीएमटी चार वर्षे र एमएमटी दुई वर्षे कोर्स हो । बीएमटीमा ४० जना र एमएमटीमा ३० जना विद्यार्थीले हरेक वर्ष भर्ना पाउँछन् ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
- बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया