‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई प्रादेशिक छात्रवृत्ति प्रदान गर्नका लागि प्रवेश परीक्षा घोषणा गरेको छ । कलेजले इन्जिनियरिङ विधाका सात वटा विषयमा स्नातक तहमा अध्ययन गर्न विद्यार्थीहरूलाई प्रदेशअनुसार छात्रवृत्ति दिँदैआएको छ ।
यो वर्षको प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते तोकिएको छ । प्रवेश परीक्षा भक्तपुर चाँगुनारायणस्थित कलेजमा हुनेछ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापित कलेजले देशका सबै क्षेत्रका विद्यार्थीहरूले इन्जिनियरिङ शिक्षा हासिल गर्न सकून् भनेर प्रादेशिक छात्रवृत्ति दिएको कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताए । ‘इन्जिनियरिङ विषय देश विकासको महत्वपूर्ण विषय भएको र यसमा देशका सबै क्षेत्रका विद्यार्थीको सहभागिता बढोस् भनेर सातै प्रदेशका लागि प्रादेशिक छात्रवृत्ति दिइँदै आइएको छ,’ उनले भने । कलेजले यसअघि लिएको प्रदेश परीक्षामा सहभागी भई पास भएका तर फर्म भर्दा प्रादेशिक छात्रवृत्तिमा समेत टिक लगाएका विद्यार्थीहरू पनि प्रवेश परीक्षामा सहभागी हुन पाउँछन् ।
कलेजले सात वटा विषयमा सातै प्रदेशका लागि एकाएक वटा पूर्ण छात्रवृत्ति प्रदान गर्छ । नेकको प्रादेशिक छात्रवृत्ति पाउनका लागि प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा पास गर्नुपर्छ । सरकारी स्कुलबाट कक्षा १२ पास गरेका विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर छात्रवृत्ति दिने गरिन्छ । त्यसका लागि विद्यार्थीले प्रदेशको स्थानीय तहबाट सिफारिस समेत ल्याउनुपर्ने प्रावधान रहेको कलेजका आशीषकुमार झाले बताए । ‘प्रादेशिक छात्रवृत्तिले विशेषगरी दूरदराजमा रहेका, कमजोर आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीलाई इन्जिनियर बन्ने अवसर प्रदान गर्छ’, उनले भने । नेकमा इन्जिनियरिङका स्नातक, स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया