पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले यही मङ्सिर २१ र २२ गते बालविकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयअन्तर्गत शिक्षाशास्त्र सङ्कायको आयोजनामा नेपालमा पहिलो पटक ‘प्रारम्भिक बालविकास इकोसिस्टम परिकल्पना’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको हो ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शिक्षाशास्त्र सङ्कायका डीन प्राडा अनिलकुमार पोखरेलले सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत, बङ्गलादेशलगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने राससलाई जानकारी दिए । सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने उद्देश्य राखिएको उनले बताए ।
बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेसागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव, बालबालिकाको पोषण तथा यसले बालविकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तनलगायत विषयमा ४० भन्दाबढी सहभागीले आफ्नो अध्ययन, अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम तालिका रहेको पोखरेलले जानकारी दिए ।
सम्मेलनमा विभिन्न देशका विशिष्ट व्यक्तिहरूबाट बालबालिकासम्बन्धी विविध कार्यशालामा उनीहरूको सर्वाङ्गीण विकासका अवसरहरूको गुणस्तर र पहुँच, सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस केन्द्रित हुनेछ ।
डीन पोखरेलले भने, “सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र एवं कार्यशालाहरूबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र सङ्कायअन्तर्गत रहने गरी इसिडीसम्बन्धी अध्ययन र अनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।”
सम्मेलनले बालविकासका क्षेत्रमा नया एवं समाजको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तरलगायत विशेष कार्यक्रमहरूको पहिचान गर्न र सो अनुरुप कार्यक्रम थप गर्न सघाउ पुग्ने विश्वविद्यालयले विश्वास लिएको छ । विश्वविद्यालयले काठमाडौँ महानगरपालिका, विराटनगर महानगरपालिका, नविल बैंक, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेनलगायत विभिन्न सङ्घसंस्थाहरूसँग सहकार्य गरेको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा, कोशी प्रदेश
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया