नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसर
काठमाडौं । स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटी (बीसीयु)ले नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्ति दिने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली विद्यार्थीहरूका लागि बेलायतमा अध्ययन गर्न पाइने विशेष छात्रवृत्ति अवसरबारे जानकारी दिइएको हो ।
स्नातक, स्नातकोत्तर र मास्टर्स अफ रिसर्चजस्ता विशेष कार्यक्रमहरूमा आवेदन दिने अवसरबारे कार्यक्रममा चर्चा गरिएको थियो । यसमा विद्यार्थीहरूले आफ्ना डिपेन्डेन्ट पनि समावेश गर्न सक्ने सुविधा रहेको बताइएको छ । बर्मिङ्घम सिटी युनिभर्सिटीका भारत तथा नेपालका कन्ट्री हेड श्रृष्टि बिर्लाले युनिभर्सिटीले विश्वस्तरीय शिक्षा, नवीनतापूर्ण सिकाइ वातावरण र विविधतायुक्त क्याम्पस समुदाय प्रदान गर्ने उल्लेख गरिन् ।
स्पाई ओभरसिजले विद्यार्थीहरूलाई सल्लाह दिने र सरल आवेदन प्रक्रियामा सहायता गर्ने स्पाई ओभरसिजले बर्मिङ्घम सिटी युनिभर्सिटीसँगको सहकार्यबाट थप अवसरहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएको छ । स्पाई ओभरसिजका प्रिन्सिपल एडभाइजर सुवांसु उप्रेतीले भने, ‘हाम्रो सहकार्यले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा र छात्रवृत्तिको पहुँच दिन महत्वपूर्ण योगदान पुर्याउँछ ।’
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया