बजेट अभावमा विद्यालय भवन अलपत्र
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु–३ मा बजेट अभावले विद्यालय भवन अलपत्र बनेको छ । बह्म प्राथमिक विद्यालयको निर्माणाधीन दुई कोठे पक्की भवन बजेट अभावले अलपत्र बनेको हो ।
विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट बजेट परेर सुरु गरिएको भवन निर्माण बजेट निकासा हुन नसकेपछि निर्माण अधुरो बनेको बताए । “यस आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी हामीले काम गरेका थियौँ”, उनले भने, “थप बजेट निकासा नभएपछि भवन निर्माण पूरा गर्न सकिएन ।” जम्मा रु. १८ लाखको योजनामा निर्माणाधीन भवनलाई पूर्णता दिन अझ रु. आठ लाख आवश्यक परेको केसीले राससलाई बताए ।
भवनको डिपिसी ढलान तथा तला ढलान गर्दा रु. १० लाख बजेट लागेको उनले बताए । “अब भवनको पर्खाल उठाउन, भुई र भित्तामा प्लास्टर गर्ने काम बाँकी छ”, उनले भने । बजेटका लागि वडाध्यक्ष, नगरपालिकाको शिक्षा शाखा तथा नगरप्रमुखसँग आग्रह गर्दासमेत कुनै सहयोग नभएको उनले बताए ।
कक्षा ५ सम्म अध्ययन हुने यस विद्यालयमा पर्खालपनि अपुरो रहेको छ । विद्यालयको पर्खाल निर्माणका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरिदिएमा विद्यार्थी सुरक्षित तवरले अध्ययन गर्न पाउने उनको भनाइ छ । विद्यालयमा पर्खाल नहुँदा विद्यालयमा पढाइ भइरहेको बेलामा जङ्गली जनावर तथा पशु चौपाया विद्यालयभित्र पस्ने गरेका प्रधानाध्यापक केसीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडासदस्य राजु अर्यालले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस वडामा दिउँसै गैँडालगायतका जङ्गली जनावरको त्रास रहेको बताए । “दुई वर्षअघि दिउँसै विद्यालय नजिक गैँडाको आक्रमणबाट एकजना वृद्धा घाइते हुनुभएको थियो”, उनले भने, “विद्यालयमा पर्खाल नहुँदा अभिभावक आफ्ना बालबालिकालाई विद्यालय पठाउनसमेत डराउने गर्नुभएको छ ।” यस विद्यालयमा बोटे, थारु, दलितलगायत पिछडिएका समुदायका बालबालिकाको बाहुल्यता रहेको अर्यालले बताए । विद्यालयमा विभिन्न सङ्घसंस्थाले सहयोग गरेर कम्प्युटर, प्रिन्टरलगायतका सामग्री प्राप्त भएकोमा अहिले ती विद्युतीय उपकरणसमेत बिग्रिएका छन् । विद्यालयकी शिक्षिका तारा रानाभाटले भनिन, “विद्यार्थीलाई पढाउँदा बुझाउन भए पनि बिग्रिएका कम्प्युटर तथा प्रिन्टर देखाउने गरेका छौँ ।”
क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश, प्रविधि / शिक्षा
ताजा अपडेट
- गौतम अडानीलाई न्युयोर्कमा ठगी मुद्दा
- रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
- नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसर
- बीवाईडीद्वारा एक करोड एनईभी उत्पादन
- एनसेलमा भ्वाइस सेवा डेटासँग र डेटा सेवा भ्वाइससँग साट्न सकिने
- कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने
- ऊर्जा दक्षता प्रवर्द्धनको निमित्त अनुुदान योजना
- समृद्धि फाइनान्सको २३औँ साधारणसभा सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया