जयपुरमा डीएभी कलेजको प्रस्तुति
काठमाडौं । १८औँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’मा सहभागी डीएभी कलेज, ललितपुरका १८ जना विद्यार्थीहरुले ११ विधाहरुमा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएका छन् ।
गत चैत २३ र २४ गते युनिभर्सिटी अफ राजस्थानले आयोजना गरेको १८औं अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी भएका करिब ६० युनिभर्सिटीका विद्यार्थीहरुले आ–आफ्ना प्रतिभा र कला प्रदर्शन गरेका थिए ।
डीएभी कलेज, ललितपुरले सम्पूर्ण विधाहरुमा सहभागी जनाउँदै समग्रमा तृतीय स्थान हासिल गर्न सफल भएको थियो । तृतीय स्थान सुरक्षित गर्न सहभागी सबै विद्यार्थीहरुको उल्लेखनीय भूमिका रहेको थियो । डीएभी, बीबीएकी प्रमिला पोख्रेलले मिस घुमर टाइटल जित्न सफल भइन् भने बीबी एसकी प्रनिता श्रेष्ठले मिस ट्यालेन्ट अवार्ड हात पारिन् । त्यसैगरी बीबीएकी जुही अधिकारीले कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरिन् भने रितिक जयसवालले गीत गायन प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरे । पेन्टिङ प्रतियोगितामा निमिसा शाक्यले द्वितीय स्थान जित्न सफल भइन् ।
यसका अलावा डीएभी कलेजका विद्यार्थीहरुले सांस्कृतिक नृत्यमा तृतीय स्थान हात पारे । त्यसैगरी डीएभी कलेजका विद्यार्थीहरुले निबन्ध, वादविवाद, अन द स्पट पेन्टिङ्ग कार्टुनिङ्ग र मेहेन्दी कला प्रतियोगिताहरुमा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गरे । विद्यार्थी टोलीहरुको साथमा शिक्षकद्वय माधव अधिकारी र विष्णु गिरी सहभागी थिए । डीएभी कलेज अफ म्यानेजमेन्टले जनाएअनुसार, विद्यार्थीहरुको यसखाले प्रदर्शनी अन्तर्राष्ट्रिय मञ्चमा लामो समयदेखि अपेक्षा गरिएको थियो । यस्तै विद्यार्थीहरु विभिन्न उपाधिहरु जित्न योग्य समेत रहेका थिए । साथै डीएभी कलेजले अठारौँ अन्तर्राष्ट्रिय युवा मेलामा सहभागी भई नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई प्राज्ञिक र जनस्तरमा थप प्रगाढ गर्न सफल भएको छ । युनिभर्सिटी अफ राजस्थानले हरेक वर्ष यसखाले अन्तर्राष्ट्रिय युवा मेला आयोजना गर्दै आएको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया