बैंकिङ कसुरमा भागेका भण्डारी पक्राउ, हुण्डी कारोबारमा संलग्न पनि समातिए
काठमाडौं, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक संजय सिंह थापाका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नवराज भण्डारीलाई बुधबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।
प्रतिवादी भण्डारीले वि.सं. २०७७ माघ १९ गते सेञ्चुरी बैंक लिमिटेड मण्डिखाटार शाखामा रहेको खाताबाट रकम भुक्तान हुने उक्त बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा दुई दिन कैद र १३ लाख ६० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । सोपश्चात् भने फरार रहेका भण्डारीलाई बुधबार नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरी सोही दिन फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको थियो ।
सोही दिन नै अदालतबाट कैद भुक्तानको लागि भण्डारीलाई कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।यसैबीच काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पनि हुण्डी कारोबारमा संलग्न भारतको हिमाञ्चल प्रदेश सिमला थाना घर भई हाल जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १४ कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक वर्ष ४९ का विजय कुमार गुप्तालाई ७१ लाख ८० हजार रुपैयाँसहित पक्राउ गरेको जानकारी दिएको छ ।
काठमाडौंको कुलेश्वर एरियामा केही व्यक्तिले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश÷निर्देशन विपरीत हुने गरी इजाजतपत्र नलिई वित्तीय कारोबार (हुण्डी) गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा खटिएको विशेष टोलीले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र नलिई वित्तीय कारोबार गर्ने कार्यमा संलग्नहरुको निगरानी राखी खोजतलास गर्ने क्रममा यही फागुन ८ गते कुलेश्वरबाट हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद ५७ लाख र १४ लाख ८० हजार रकम बराबरको तीन थान चेक गरी जम्मा ७१ लाख ८० हजारसहित तत्काल पक्राउ गरी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको उक्त कार्यालयले जनाएको छ ।
पक्राउ परेका गुप्ताले फलफूल व्यवसायको आवरणमा विगत लामो समयदेखि अवैध हुण्डीको कारोबार गर्दै आएको खुलेको र गुप्तालाई यसअघि पनि मिति २०७५ साउन ७ गते भारतीय रुपैयाँ दुई लाख र नेपाली ३१ लाख रकमसहित यसै कार्यालयबाट पक्राउ गरी राजस्व छलीसम्बन्धी कसुरमा राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध, सुलसुले
ट्याग : #Page 1
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया