पूर्वमन्त्री पाण्डेसहति २१ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसलाविरुद्ध अख्तियारले दर्ता गरायो सर्वोच्चमा पुनरावेदन
काठमाडौं,राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद,पूर्व मन्त्री एवं कालिका कन्ट्रक्सनका प्रमुख विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिने निर्णय बदर हुनुपर्ने माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनारावेदन दर्ता गराएको छ ।
राष्ट्रिय गौरवको सिक्टा सिंचाईमा भ्रष्टाचार भएको भनी अख्तियारले मुद्दा दायर गरेको थियो,तर विशेष अदालतले प्रमाणको मृल्यांकन नै नगरी अभियोगबाट सफाई दिएकाले उक्त्त फैसला त्रुटीपूर्ण भएको अख्तियारको पुनरावेदनमा उल्लेख रहेको छ ।
सिक्टा सिँचाई आयोजना अलपत्र पारेको अभियोगका पाण्डेसहित २१ जनालाई गत असार ५ गते विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरु रमेशकुमार पोखरले र यमुना भट्टराईको इजलासले सफाई दिने फैसला गरेको थियो ।
बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको मूलनहर भत्किएपछि डिजाइनमा नै त्रुटि गरेको तथा निर्माणका क्रममा गुणस्तरीय काम नगरेको भन्ने आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनालाई २०७५ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
क्याटेगोरी : सुलसुले
ताजा अपडेट
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा छुट
- उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग
- लक्ष्मी सनराइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी
- उद्धार कोषलाई इन्फ्रास्ट्रक्चर बैंकको सहयोग
- राहत कोषमा सहयोग गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- लाइफ इन्स्योेरेन्स कर्पोेरेसनले हकप्रद सेयर जारी गर्ने
- नेपाल वेयर हाउजिङ कम्पनीको विशेष साधारणसभा आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया