Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेनेपाल सम्बन्धी ब्लु प्रिन्टको जिम्मा ‘रअ’का अधिकारी मानालाई !

नेपाल सम्बन्धी ब्लु प्रिन्टको जिम्मा ‘रअ’का अधिकारी मानालाई !


काठमाडौं,भारतीय संस्थापन पक्षले कार्यान्वयनका लागि नेपाल संवन्धी ब्लुप्रिन्ट ‘रअ’को  प्रमुख अनिल दास मानालाई सुम्पीएको चर्चा चल्न थालेको छ । धर्मलाई अफिम मान्ने माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले हालैको आफ्नो भारत भ्रमणमा नाङ्गेझार बनेर गेरु बस्त्र पहिरिएर नेपाल फर्किएपछि भारतीय संस्थापन पक्षले रअका मानालाई नेपालसम्बन्धी ब्लु प्रिन्ट कार्यान्वयन गर्न जिम्मा लगाएको बताइएको छ ।

भारत भ्रमणका बेला जेठ १९ गते प्रधानमन्त्री दाहाल मध्य प्रदेशको उज्यैनमा रहेको महाकालेश्वर मन्दीरमा मन्त्रीहरुको दलबल सहित पुग्नु भएको थियो र पुजाआजा पछि फर्कनु भएको थियो । प्रधानमन्त्री दाहालले १२ बजेको साइतमा महाकालेश्वर ज्योतिलिङ्गको जल नेपाल ल्याएर जेठ ७गते साँझ ५.५५ बजेको साइतमा पशुपतिनाथ मन्दिरमा अर्पर्ण गर्नु भएको थियो ।

धर्मलाई अफिम मान्ने प्रधानमन्त्री दाहालले मन्त्रीहरु सहित गेरु बस्त्रमा महाकालेश्वर मन्त्री पुगेर पूजा आजा गर्नु र त्यहाँबाट फर्किएपछि जल चढाउन उही दलवल सहित पशुपतिनाथ मन्दीर पुग्नुलाई केहीले सुधारिने छाटकाँट भनेका छन्,भने केहीले प्रचण्डपथको भूल भूलैया ठानेका छन् तर भारतीय संस्थापन पक्षले चाहि त्यसैमा आधारित ब्लुप्रिन्ट कार्यान्वयनका लागि आफ्ना अधिकारीलाई सुम्पीएको बताइएको छ ।


क्याटेगोरी : सुलसुले

तपाईको प्रतिक्रिया