Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधभारतीय नागरिक एनएमबि बैंक लुटपाट गरेको आरोपमा पक्राउ

भारतीय नागरिक एनएमबि बैंक लुटपाट गरेको आरोपमा पक्राउ


महोत्तरी । भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेको आरोपमा पक्राउ परेका छन् । चार-पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।

गत जेठ १६ गते रु. १५ लाख लुटेको घटनामा साफी संलग्न रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताएका छन् । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट साफीलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको थियो । लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । उनीहरुलाई चाँडै नै पक्राउ गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया