कान्ती देवीको हत्यामा संलग्न तीन अभियुक्त पक्राउ
पर्सा । जगरनाथपुर गाउँपालिका–५ मसिहानी टोल बस्ने ५६ वर्षीया कान्ती देवी वीनको हत्या अभियोगमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जगरनाथपुर गाउँपालिका बस्ने ३६ वर्षीय भुट्टा भनिने लालबाबु राउत वीन तथा मृतकका जेठाजुहरू सोही ठाउँ बस्ने ५९ वर्षीय चन्द्रिका राउत वीन र ५७ वर्षीय अमिका भनिने अमीरीका राउत वीन रहेका छन् ।
गत असोज २ गते दिउँसो आफ्नै घरभित्र घाँटी रेटी हत्या भएको अवस्थामा कान्ती देवीको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले लालबाबु राउतलाई असोज ७ गते पक्राउ गरेको थियो । थप सोधपुछ एवम् अनुसन्धानको क्रममा चन्द्रिका राउत र अमीरीका राउत समेतको संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
कान्ती देवीको घरमा चोरी गर्ने योजनाका साथ असोज १ गते राति सुरूङ बनाइ(सेनकाटी) घरभित्र प्रवेश गरेर चोरी गर्नको लागि बक्साहरू खोतिल्दै गरेको अवस्थामा कान्ती देवी बिउँझेकी थिइन । उनीहरूलाई चिनेपछि पोल खुल्ने डरले कान्ती देवीलाई खुर्पीले घाँटी रेटी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । उनीहरूविरुद्ध जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया