Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधवैदेशिक रोजगारी पठाउने नाममा नक्कली कागजात बनाउने दुई विदेशी नागरिक पक्राउ

वैदेशिक रोजगारी पठाउने नाममा नक्कली कागजात बनाउने दुई विदेशी नागरिक पक्राउ


काठमाडौं । नर्वे, पोल्याण्ड, पोर्चुगललगायतका देश पठाई दिन्छु भन्दै नक्कली कागजात बनाउने दुई विदेशी नागरिक पक्राउ परेका छन् । ठगी कार्यमा संलग्न रहेको अभियोगमा पाकिस्तानी नागरिक नाजिर मुहमद र अजरबैजनी नागरिक आयसेल हुसेनिललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंस्थित ठमेल बस्दै आएका पाकिस्तान राहुलपिन्डी घर भएका ५१ वर्षीय मुहमद र अजरबैजन देश घर भएका ३१ वर्षीया हुसेलियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ठमेलस्थित होटल यात्री एण्ड डुडि सुइटस एण्ड स्पाको कोठा नम्बर ३०४ र ३१४ बाट पक्राउ गरेको हो ।

पाकिस्तानी र अजरबैजनी नागरिकको साँगगाठ तथा मिलेमतोमा बैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगललगायतका देशमा पठाई दिन्छु भनि वर्कपर्मिटलगायतका नक्कली कागजातहरू देखाई विश्वासमा पारी ठगी योजना बनाईरहेको छ भने सूचनाको आधारमा उनीहरु पक्राउ परेका थिए ।

पक्राउ परेका उनीहरुले प्रोसेसिङ गर्नका लागि प्रतिव्यक्ति एक लाख ३३ हजार रूपैयाँ लिने गरेको, नक्कली अफर लेटर, वर्कपर्मिट, भिसालगायतका कागजातहरू पठाई रकम पठाउन लगाउने गरेको गरी करिब ८० लाख रूपैयाँ बराबरको रकम ठगी गरेको र पीडितहरुलाई बिश्वास दिलाउनको लागि अजरबैजानमा समेत लगि घुमाई दिएको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीका अनुसार हाल उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया