“अजरबैजान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ ”
अजरबैजान पठाईदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ” प्रहरीले रवि घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनले सोमराज चौधरीलाई वैदेशिक रोजगारीको लागि अजरबैजान पठाईदिन्छु भनि त्यसको लागि प्रतिव्यक्ती ७ लाख ५० हजार रुपैयाँ लिएका थिए । अजरबैजान पुगेपछी टायल मेसनमा काम लगाइदिन्छु, मासिक ९० हजार भन्दा धेरै तलब हुन्छ, भनी विश्वास दिलाई प्रलोभनमा पारी उनीबाट पटक पटक गरि ४ लाख तेह्र हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएपछि पिडीतले ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए ।
उक्त, रिटको आधारमा प्रहरी मगरलाई निरन्तर खोजतलास गर्ने क्रममा बुधबार दिउँसो काठमाण्डौंको रत्नपार्कबाट पक्राउ गरेको थियो । ३१ बर्षका रोल्पा परिवर्तन गा.पा वडा नं.२ स्थाई घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.२६ नयाँ बसपार्क बस्ने रवि घर्ती मगरलाई प्रहरीले थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल,पठाएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया