कुवेत पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु भन्दै ठगी गर्ने एक ३३ वर्षीय युवा पक्राउ परेका छन् । पाल्पास्थित रब्दिकोट नगरपालिका घर भई हाल काठमाडौंस्थित बसुन्धारा बस्ने चक्र पोखरेल गत शुक्रबार पक्राउ परेका हुन् ।
उनले दिपेश तामाङलाई कुवेत पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँ लाग्छ भनि एक लाख लिई सम्पर्कविहीन भएका थिए । पोखरेलले कुवेत पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, त्यहाँ मासिक ६० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडित तामाङसँग पटकपटक गरी एक लाख रुपैयाँ रकम लिएका थिए ।
पैसा लिएपछि सम्पर्कविहीन भई ठगी गरेकाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखरेलको खोजतलास गर्ने क्रममा शुक्रबार साँझ पक्राउ गरेको हो । प्रहरीले उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया