आठ लाख भारतीय रूपैयाँसहित दुई भारतीय नागरिक बिमानस्थलबाट पक्राउ
काठमाडौं । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न दरका गरी आठ लाख भारतीय रूपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बिसतारा एयरको उडानद्वारा दिल्ली जान लागेका ३५ वर्षीय धर्मेद्र नागर र ४२ वर्षीय पंकज गुप्तालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा धर्मेद्र नागरलाई पाँच सय दरका सात सय ५७ थान, दुई सय दरका दुई सय ३० थाम र एक सय दरका ६ सय ७० थान गरी चार लाख ९१ हजार पाँच सय भारतीय रुपैयाँ र पंकज गुप्तालाई पाँच सय दरका ६ सय १७ थान गरी तीन लाख आठ हजार पाँच सय भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया