भरूवा बन्दुकको छर्रा लागेर दोलखाका एक युवाको मृत्यु
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेस्थित डाँडावारी जम्बोटे जंगलमा भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने एक युवाको मृत्यु भएको छ । प्रहरीका अनुसार जंगलमा सिकार खेल्न गएका २० वर्षीय सन्जीब सार्कीको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।
सन्जीब समेत गरी सात जना शनिबार राति सिकार खेल्न जंगल गएका थिए । सन्जिबले बोकेको भरुवा बन्दुकको काठको बट भाँचिई फायर हुँदा छर्राले लागेर सन्जीब घाइते भएका थिए । घाइते भएपछि उनलाई तामाकोशी अस्पताल दोलखामा सामान्य उपचारपश्चात थप उपचारको लागि पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोट लगिएको थियो । उनको चरिकोट अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो । उक्त खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया