नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा महिला पक्राउ
काठमाडौं । नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । प्रहरीका अनुसार काठमाडौं नयाँ बसपार्क बस्ने तनहुँ भिमाद घर भएकी २५ वर्षीया सपना तामाङ भन्ने पूजा राना पक्राउ परेकी हुन् ।
नयाँ बसपार्क तथा कलंकीका विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकाहरुलाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो । साथै, उक्त व्यूरो र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा कार्यरत संस्था समेतको संयुक्त टोलीले कलंकीबाट एक जना र नयाँ बसपार्कबाट दुई जना गरी तीन जना नाबालिकाको उद्दारसमेत गरेको छ ।
अभियुक्तले नाबालिकाहरुलाई विभिन्न काममा लगाई दिने, आकर्षक तलब सुविधा दिने आदि प्रलोभनमा पारि बोलाई आफ्नो तथा अन्य होटल र गेष्टहाउसहरूमा समेत पठाई विगत १० महिनादेखि जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पारेको अनुसन्धानबाट खुल्न आएको छ । उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया