त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन २४ क्यारेटको भएको पुष्टि
काठमाडौं । भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन २४ क्यारेटको रहेको पुष्टि भएको जनाएको छ । आज(शुक्रबार) भन्सार विभागमा गरिएको परीक्षणमा विमानस्थलबाट बरामद गरेको १४ किलो सुन २४ क्यारेटको रहेको पुष्टि भएको हो ।
उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरिएको थियो । उक्त सुन गोरखाका चन्द्र बहादुर घलेले बिस्कुट आकारमा प्लाष्टिकले कभर गरेर ल्याएका थिए । फ्लाई दुबईको उडानमार्फत् बिहीबार राति काठमाडौं उत्रिएका उनलाई भन्सारको टोलीले पक्राउ गरेको थियो । घले पक्राउ परेपछि उनको कल डिटेल लगायतको परीक्षणपछि बिहीबार राति नै गोरखा घर भएका मिनबहादुर घलेसमेत पक्रउ परेका थिए ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया