Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधमानव बेचबिखन अभियोगमा एक महिला पक्राउ

मानव बेचबिखन अभियोगमा एक महिला पक्राउ


काठमाडौं । मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे गाउँपालिका–४ बस्ने २७ वर्षीया कबिता गुरूङ काठमाडौंबाट पक्राउ परेकी छन् । प्रहरीका अनुसार थाईल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाईपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा दुई जनालाई झुक्याई म्यानमारको म्यावडीस्थित चिनीयाँ कम्पनीमा पुर्याइ बन्धक बनाई दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाई मानव बेचबिखन गरेको खुल्न आएपछि उनी पक्राउ परेकी हुन् ।

उनले प्रलोभनमा पारी पीडितहरुबाट जनही दुई लाख ६० हजार रुपैयाँका दरले पैसा लिई म्यान्मार पठाएकी थिइन् । थाईलैण्ड भन्दै झुक्याई म्यानमारको म्यावडी पुर्याएर अमेरिकी नागरिकलाई निश्चित अवधिमा अनलाइनमार्फत बिटकोइन लगायतका भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नुपर्ने र तार्गेट पूरा गर्न नसकेमा कुटपिट गर्ने, इलेकट्रिक सक लगाउने जस्ता शारिरीक मानसिक यातना दिने गरेको तथा ९ महिनापछि नेपाल फर्कन म्यानमारस्थित कम्पनीलाई आठ लाख रुपैयाँ तिर्न बाध्य बनाएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया