Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधठगी गरेको आरोपमा कांग्रेस नेता चौलागाई बिरुद्ध प्रहरीमा जाहेरी

ठगी गरेको आरोपमा कांग्रेस नेता चौलागाई बिरुद्ध प्रहरीमा जाहेरी


काठमाडौं । करोडौं रकम ठगी अभियोगमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईविरुद्ध प्रहरीमा जाहेरी परेको छ । अदालतमा परेका मुद्दा र जग्गा विवाद मिलाइदिने भन्दै विभिन्न झगडीयासँग करोडौं रकम उठाएर काम नगरेपछि चौलागाईविरुद्ध घरजग्गा व्यवसायी सानुभाइ थापाले जाहेरी दिएका हुन् ।

प्रहरीले चेक बाउन्स र ठगीको उजुरीमा चौलागाईविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिने तयारी भइरहेको जानकारी गराएको छ । रामेछापमा कांग्रेस महासमिति सदस्य चुनावमा प्रत्यासी रहेका चौलागाईविरुद्ध ठगी र बैंकिङ कसूरका मुद्दा परेपछि उनी अहिले फरार छन् । उनी अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् ।

जिल्लाका प्रभावशाली नेता चौलागाईले केही वर्षयता चुनाव लड्ने तयारीसहित विभिन्न विद्यालयमा पैसा र मसललन्द समेत बाँड्ने गरेका थिए । तर, सो रकम अदालतबाट मुद्दा मिलाइदिने भनेर विभिन्न झगडियासँग लिने गरेको खुलेको छ । गोपाल पराजुली प्रधान न्यायाधीश हुने बेलासम्म ठूला मुद्दाहरू मिलाएर पैसा कमाएका चौलागाईको पछिल्लो समय अदालतमा चल्न छाडेपछि पैसा लिने तर काम नहुने भएकाले पीडितको संख्या थपिएको बुझिएको छ ।

अहिलेसम्म प्रहरी र पीडितहरूको सम्पर्कमा आएका व्यक्तिहरूको हिसाब गर्दा उनले ३५ करोडभन्दा बढी रकम उठाएर नदिएको र कतिपयलाई दिएका चेक बाउन्स भएको पाइएको छ । केही ठूला व्यापारिक घरानाको समेत उनले अदालतमा मुद्दा मिलाइदिने भनेर लिएको पैसा फिर्ता नभएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया