२४ किलोग्राम गाँजासहित पाँच जना पक्राउ
काठमाडौं । अवैध लागूऔषध गाँजा करिब २४ किलो ६ सय ३० ग्रामसहित पाँच जना पक्राउ परेका छन् । ललितपुरबाट तीन जना, उदयपुर र म्याग्दीबाट एक/एक जना गरी पाँच जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
ललितपुरबाट पक्राउ पर्नेमा लुभु बस्ने ५२ वर्षीय विरेन्द्र श्रेष्ठ, ४७ वर्षीय विरेन्द्र श्रेष्ठ र ५४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । प्रहरी प्रभाग लुभु र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई करिब ११ किलो एक सय ८० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
उदयपुरबाट पक्राउ पर्नेमा बेलका नगरपालिका बस्ने २१ वर्षीय रबिन राई छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई करिब १३ केजी गाँजासहित आइतबार दिउँसो पक्राउ गरेको हो । म्याग्दीबाट पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका बस्ने ४६ वर्षीय गोपाल दर्जी छन् । ईलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले उनलाई करिब एक केजी चार सय ५० ग्राम गाँजासहित अन्नपूर्ण गाउँपालिका काभ्रेबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया