Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधहजार दरका २४ थान नक्कली नोटसहित एक महिला पक्राउ

हजार दरका २४ थान नक्कली नोटसहित एक महिला पक्राउ


काठमाडौं । एक हजार दरको २४ थान नक्कली नोटसहित काठमाडौं काँडाघारी बस्ने एक महिला पक्राउ परेकी छन् । गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण हनुमान चोकबाट एक हजार दरको २४ थान नक्कली नोटसहित रामेछाप घर भएकी ४० वर्षीया सरिता तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया