Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधस्लोवेनिया पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने महिलासहित दुई जना पक्राउ

स्लोवेनिया पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने महिलासहित दुई जना पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीको लागि स्लोवेनिया पठाईदिन्छु भनि लाखौँ रकम ठगी गर्ने एक महिलासहित दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको चन्द्रागिरी बस्ने धादिङका २५ वर्षीय अजय राज शाही र गोरखाकी ३५ वर्षीया छिमी सुनिनलाई मंगलबार पक्राउ गरेको हो ।

उनीहरुले अनिल भुजेललाई मासिक ७० हजार रुपैयाँ तलबमा स्लोवेनियाको एक फ्याक्ट्रीमा काम लगाइदिन्छु, त्यसका लागि सात लाख खर्च लाग्छ भनेर रकम ठगी गरेका थिए । भुजेलबाट पटक पटक गरी दुई लाख ८९ हजार रुपैयाँ रकम लिई उनीहरु सम्पर्कविहीन भएका थिए । सोही ठगी गरेकोले प्रहरी टोलीले शाही र सुनिनलाई चन्द्रागिरी नैकापबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया