Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधजापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं । जापान पठाइदिन्छु भन्दै साढे छ लाख रुपैयाँ ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन् । छ लाख ५० हजार रूपैयाँ गठी आरोपमा हाल काठमाडौंको बानियाटार बस्ने ५० वर्षीय गणेश कुमार कुलुङ राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

राईले दुई जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई प्रतिष्ठित होटलमा मासिक दुई लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया