सवारी ज्यान मुद्दामा पाँच वर्षदेखि फरार अभियुक्त पक्राउ
गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले सवारी ज्यान मुद्दामा पाँच वर्षदेखि फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं.९ का रामकृष्ण सिर्मल रहेका छन् ।
खोजतलासको क्रममा उनलाई आइतबार गोरखा–१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतको आदेशले आइतबार नै आरोपित सिर्मललाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।
प्रहरीका अनुसार २०७५ असार २ गते गोरखा नगरपालिकास्थित कट्टेलडाँडा सडक खण्डमा ग१त ५१९२ नम्बरको ट्र्याक्टर पल्टिएर दुर्घटना भएको थियो । सोही ट्र्याक्टरमा सवार सुर्खेत भेरिगंगा गाउँपालिका वडा नं.६ का सुशिल मगरको मृत्यु भएको थियो । त्यस घटनापछि ट्र्याक्टर चालक सिर्मल फरार रहेका थिए ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया