Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधसर्बिया पठाइदिन्छु भन्दै साढे १३ लाख ठगी गर्ने दुई जना पक्राउ

सर्बिया पठाइदिन्छु भन्दै साढे १३ लाख ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै १३ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका घर भई हाल ललितपुर च्यासल बस्ने ४२ वर्षीय बिकाश कुमार घले र काठमाडौंको सिनामंगल बस्ने टोकियो ओभरसिसका कार्मचारी ३९ वर्षीय संजय लामा रहेका छन् ।

सर्बिया पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै उनीहरुले प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेका थिए । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिकाश घलेलाई काठमाडौं महाबौद्धबाट सोमबार दिउँसो र संजयलाई काठमाडौं सिनामंगलबाट आइतबार दिउँसो पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको जनाइएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया