Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधइन्टरपोलबाट रेड नोटिस जारी भएको पाँच दिनभित्रै फरार व्यक्ति कतारबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएको पाँच दिनभित्रै फरार व्यक्ति कतारबाट पक्राउ


काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका १९ वर्षीय किरण राई रेड नोटिस जारी भएको पाँच दिनभित्रै पक्राउ परेका छन् । एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।

राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल ब्यूरो(एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २० गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया