कास्की प्रहरीद्वारा पुसमा ७७ जना फरार प्रतिवादी पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पुस महिनामा मात्रै विभिन्न मुद्दामा अदालतको फैसला बमोजिम फरार रहेका ७७ जना प्रतिवादी पक्राउ गरेको छ । अदालतबाट विभिन्न मुद्दामा फैसला भइ कैद तथा जरिवाना भुक्तान गर्न बाँकी ७७ जना फरार प्रतिवादीलाई पक्राउ गरी सम्मानित अदालतमा बुझाइएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए ।
पक्राउ परेकाहरुबाट तीन लाख तीन हजार सात सय ५ रुपैयाँ जरिवाना पनि लिइएको छ । पक्राउ पर्नेहरुमा चेक अनादारसम्बन्धी मुद्दामा ४४ जना, सार्वजनिक स्थानमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा तीन जना, जालसाझी मुद्दामा तीन जना, लागू औषधसम्बन्धी मुद्दामा १३ जना, अभद्र व्यवहारसम्बन्धी मुद्दामा एक जना, झुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्दामा एक जना, जुवातास मुद्दामा तीन जना, सार्वजनिक अपराधसम्बन्धी मुद्दामा एक जना, दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्दामा दुई जना पक्राउ परेका छन् ।
यसैगरी, ज्यानसम्बन्धी मुद्दामा एक जना, सवारी ज्यान मुद्दामा एक जना, गैरकानूनी कारोवारसम्बन्धी मुद्दामा एक जना, अपुतालि हक कायमसम्बन्धी मुद्दामा एक जना र लेनदेन (बिगो सम्बन्धी) मुद्दामा दुई जना पक्राउ गरेको डिएसपी विकले बताए ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया