क्यानडा पठाईदिन्छु भनी ठगी गर्ने छ जना पक्राउ
कास्की । क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरास्थित पाटनवेशी बस्ने ६५ वर्षीया पार्वती सुनार, पोखरास्थित महेन्द्रपुल बस्ने ३७ वर्षीया रिता सुनार, स्याङ्जा फेदिखोला बस्ने ३२ वर्षीया सिमा सुनार, काठमाडौंको कलंकी बस्ने ३८ वर्षीय प्रदिप उपाध्याय, क्यानडा अलवर्ट राज्य क्यालगोरी सिटी स्थायी वतन भएका ४५ वर्षीय राकेश जैसवाल र भारत मध्यप्रदेश भोपाल नगर स्थायी वतन भएका ३२ वर्षीय ईस्मित कौर रहेका छन् ।
पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित एक होटलमा क्यानडा लैजान्छु भनी विभिन्न प्रलोभन देखाई अन्तर्वार्ता लिन विभिन्न व्यक्तिलाई बोलाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई अन्तर्वार्ता लिइरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पार्वती सुनार समेतले छोरी क्यानडामा छ सिधै क्यानडाको भिसा निकाली दिन्छ, विदेशबाट अन्तर्वार्ता लिन मानिस आएका छन भनी प्रलोभन देखाई क्यानडा जानको लागि प्रतिव्यक्ति ३० लाख रूपैयाँ लाग्ने, उक्त रकम अन्तर्वार्ता पास भएपछि दिनु पर्ने र अन्तर्वार्ताको लागि प्रतिव्यक्ति दुई हजार रूपैयाँ उठाई अन्तर्वार्ता लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरू उपर कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी मुद्दामा पाँच दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया