Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधशिक्षकको काम लगाइदिन्छु भन्दै दुई लाख ठगी गरेका व्यक्ति पक्राउ

शिक्षकको काम लगाइदिन्छु भन्दै दुई लाख ठगी गरेका व्यक्ति पक्राउ


काठमाडौं । केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै दुई लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं बुढानिलकण्ठ नगरपालिका भंगाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

राउतले केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै एक जनाबाट उक्त रकम ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार राउतले विभिन्न राजनीतिक नेतृत्वसँगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वहरुसँग नजिकको सम्बन्ध रहेको भनि सर्वसाधारणलाई विभिन्न वहाना वनाई ठगी गर्ने गरेको समेत खुल्न आएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया