युरोप पठाईदिन्छु भन्दै ५५ जनासँग लाखौं रकम ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि युरोप पठाईदिन्छु भन्दै ५५ जनासँग रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । ६३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन नगरपालिका घर भएका सरोज यादव/नागेन्द्र यादव नाम बताउने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका नक्टाजिच घर भएका सरोज यादव नाम बताउने २७ वर्षीय राम सेवक सिंह रहेका छन् । उनीहरूले ५५ जनालाई युरोप पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख ५५ हजार रूपैयाँ तलबमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको रामेश्वर सिंह २०७४ सालमा भेरी ओभरसिस संचालन गर्दा दुई सय जनालाई तीन करोड ठगी गरेकोमा एक वर्ष ६ महिना जेल बसेर निस्केको खुल्न आएको छ । त्यस्तै, सरोज यादव, नागेन्द्र यादव र गुरूदेव यादवको नागरिकताको प्रमाणपत्रमा आफ्नो ज्वाई नाता पर्ने रामसेवक सिंहको फोटो टाँसी कन्सलटेन्सी दर्ता गरी ४८ जनाबाट विदेश पठाउने भन्दै प्रतिव्यक्ति सात लाख रूपैयाँसम्म उठाएको र रामेश्वर सिंहले राम सेवक सिंहको फोटो टाँसी उल्लेखित व्यक्तिको नागरिकता दुरूपयोग गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको ६० लाख रूपैयाँ बराबरको २५ थान चेक र सिम कार्ड नौ थान बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरू उपर ठगी, कीर्ते, जालसाजी, बैकिङ कसुर लगायतका मुद्दामा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया