Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधएक करोड ८९ लाख बराबरका सामानसहित ट्रक बरामद

एक करोड ८९ लाख बराबरका सामानसहित ट्रक बरामद


वीरगञ्ज (पर्सा) । बिलबिजनक नभएको एक करोड ८९ लाख ५० हजार छ सय २२ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले बरामद गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नं को दुई वटा मालबाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटरपार्टस् आजै कानुनी प्रक्रिया पुर्याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x