Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधनेपाली व्यवसायीलाई विश्नोईको नामबाट धम्की

नेपाली व्यवसायीलाई विश्नोईको नामबाट धम्की


काठमाडौं । नेपाली व्यवसायीलाई भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर धम्क्याएको आरोपमा प्रहरीले एक व्यक्तिलाइ पक्राउ गरेको छ । आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका हरिचन्द्र फुँयालविरुद्ध अनुसन्धान हुने भएको छ ।

हरिचन्द्र फुँयाललाई झापाको मेचीनगर–१३ चारआलीबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो । सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले पक्राउ परेका फुयाँललाई सीआईबीको कार्यालय लाजिम्पाटमा ल्याइसकिएको जानकारी दिए । सीआईबीले उनीविरुद्ध अब अदालतबाट पक्राउ पुर्जी जारी गराउने र म्याद थपको प्रक्रिया अघि बढाइने जनाएको छ । उनीमाथि आपराधिक विश्वासघातको कसुरमा म्याद लिएर अनुसन्धान गरिने बोगटीले बताए ।

सीआईबीमा चार व्यवसायीहरूले केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो ।

विश्नोई भन्ने व्यक्ति पहिले महाराष्ट्रको सेन्ट्रल जेलमा थिए भने अहिले उनी भारतको तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप लागेको छ । उनले जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि उनलाई तिहाड जेलमा सारिएका थियो ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x