Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधबैंकिङ कसुरसम्बन्धी मुद्दामा निर्माण व्यवसायी भेटवाल पक्राउ

बैंकिङ कसुरसम्बन्धी मुद्दामा निर्माण व्यवसायी भेटवाल पक्राउ


काठमाडौं, बैंकिङ कसुरसम्बन्धी मुद्दामा निर्माण व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले निर्माण व्यवसायी मनोज कुमार भेटवाललाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेको हो ।

व्यवसायी भेटवालविरुद्ध तीन करोड रुपैयाँको बैंकिङ कसुरसम्बन्धी मुद्दामा बुधबार पक्राउ गरिएको परिसरले जानकारी दिएको छ । यसअघि पनि पटक–पटक बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ पर्दै आएको भेटवालको जलेश्वर स्वच्छन्द विक्वोइ विल्डर्स कम्पनी रहेको छ ।

उनको यो कम्पनीले काठमाडौंको पुरानो बसपार्कमा भ्यु टावर बनाउँदै आएको छ । भेटवाल यसअघि पनि तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक घोटालासम्बन्धी प्रकरणमा पक्राउ परेका थिए ।


क्याटेगोरी : सुरक्षा अपराध
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया