नाबालिकाको तस्बिरमा अश्लिलता जोडी हैरानी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । नाबालिकाको तस्बिरमा अश्लिलता जोडी हैरानी दिएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा सुनकोसी गाउँपालिका-४ घर भएका २७ वर्षीय मुगाधन श्रेष्ठ रहेका छन् ।
सामाजिक सञ्जालको प्रोफाइलमा नाम र तस्बिर महिलाको राखी नाबालिकासँग वार्तालाप गरेको तथा वार्तालापको क्रममा नाबालिकाको प्रोफाइलबाट तस्बिरहरू डाउनलोड गरी सोही तस्बिरमा अन्य अश्लील तस्बिरहरू जोडी मेसेन्जरमार्फत पठाई हैरानी दिने गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको सहयोगमा साइबर व्युरो भोटाहिटिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया