मन्दिर र सहकारीमा चोरीका घटना बढ्दो
गुल्मी । गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ । एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको थियो । चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको रु तीन लाख ५० हजारका साथै सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गिरीबहादुर रोकाले बताए ।
त्यस्तै सोही गाउँपालिका–७ रुपाकोटको साना किसान कृषि सहकारी संस्थाबाट रु. पाँच लाख भन्दाबढी रकम चोरी भएको थियो । गत चार दिनअघि राति च्यानल गेटको साँचो तोडेर रकम चोरी भएपछि अनुसन्धान अगाडि बढाइएको मजुवा प्रहरीचौकीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक राजु थापाले बताए ।
यसैगरी रेसुङ्गा नगरपालिका–७का विभिन्न मन्दिरमा पनि चोरी भएको थियो । फागुन पहिलो हप्ता सिस्नेहार शिवालय मन्दिरमा काँशको घन्टी, तामाका गाग्री तथा कलश, त्रिशूल, जलधारी, काँचको कचौरा, शङ्ख र भेटी चोरी भएको त्यहाँका वडाध्यक्ष रामजी पन्थीले जानकारी दिए ।
त्यस्तै वडा नं ७ कै सिस्नेहार कुलायन मन्दिरबाट घण्टी, तामाको बेला, चोरी भएको थियो भने नेटाको राम मन्दिरबाट घन्टी, शङ्ख, तामाको थालीलगायत सामग्री चोरी भएको वडाध्यक्ष पन्थीले राससलाई बताए । उनका अनुसार स्थानीय पुनाराम पाण्डेयका गाग्री, ताउला र थाल चोरी भएका थिए । स्थानीय प्रकाश मरासिनी, देवीराम पन्थी र जीवन पन्थीका दाउरासमेत चोरी भएको जानकारी आएको थियो ।
रातिको समयमा चोरीसँगै गाउँका घरमा ढोका र चेनगेटमा हान्ने गर्न थालेपछि स्थानीयवासी आतङ्कित भएको वडा नं ७ निवासी शालिकराम पन्थीले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले मन्दिर तथा सहकारीमा भएका चोरीका विषयमा अनुसन्धान भइरहेको बताए ।
उनले चन्द्रकोट गाउँपालिकामा सहकारीको चोरीका विषयमा स्थानीय चौकी र जिल्लाबाट गएको अनुसनधान अधिकृतको टोलीले घटनाबारे अनुसनधान गरिरहेको जानकारी दिए ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, सुरक्षा अपराध
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया