Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधसवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


तनहुँ । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी गोरखा शहिद लखन गाउँपालिका-३ घर भई तनहुँ आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँट बस्ने ३३ वर्षीय नविन थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत तनहुँको २०७८ पुस २५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद फैसला भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय आँबुखैरेनी र अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले आँबुखैरेनी गाउँपालिका -४ मुग्लिङ पुलजिपबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दमौली तनहुँमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया