काठमाडौंबाट समातिए जाली नोटको कारोबारमा संलग्न दुई जना
काठमाडौं । जाली नोटको कारोबारमा संलग्न दुई जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार रामेछाप खाँडा देवी गाउँपालिका वडा नं. ८ घर भई हाल काठमाडौंको माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भीमेश्वर नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडौंको सतुंगल बस्ने २४ वर्षीय सुरेन्द्र कार्कीलाई पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक राठौरका अनुसार काठमाडौंको कालोपुल एरियामा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलनचल्तीमा ल्याउन लागेको भन्ने गोप्य सूचना कार्यालयमा आएको थियो । सोही सूचनाका आधारमा निगरानी गर्दै जाँदा कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले यही चैत १ गते अन्दाजी ७ बजेको समयमा काठमाडौंको कालोपुलबाट दुई जना व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुको साथबाट खोटा (नक्कली) जस्तो देखिने एक हजार अंकित दरको नेपाली नोट छ सय ३६ थान जम्मा छ लाख ३६ हजार र नोटको साइजमा काटेको कागजको बण्डल नौ थान बरामद भएको छ । पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध सहिंता, २०७४ को परिच्छेद २२ को मुद्रासम्बन्धी कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौं पठाइएको उक्त प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
क्याटेगोरी : सुरक्षा अपराध
ट्याग : #Page 7
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया