रौतहटमा गोली लागेर एकको मृत्यु
रौतहटको गढीमाई नगरपालिकामा जमिनसम्बन्धी विवादमा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको र उनको बाटोमै मृत्यु भएको एसपी बुढामगरले बताए ।
गोली कसले चलायो भन्ने खुल्न सकेको छैन । गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ ।
गोली लागेर स्थानीयवासी रामप्रताप यादव, कपिलदेव राय यादव र नीरञ्जन यादव घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायब उपरीक्षकको टोली घटनास्थल तर्फ पठाइएको एसपी बुढामगरले बताए । रासस
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- निगमको टिकटमा पाँच हजारसम्म छुट
- सहरी विकास र स्थानीय सरकार
- किन हुन्छ, धेरै भ्रष्टाचार ?
- ‘ऋणम् कृत्वा घृतम् पिवेत’को नीति गलत
- महुली लघुवित्तको नाफा चार लाख ४९ हजार
- कन्ट्री रेटिङ ‘बीबी माइनस’, नेपालमा लगानीको जोखिम कायमै
- बैंकहरूले सेयर धितोमा दिए एक खर्बभन्दा बढी कर्जा
- सरकारको राजस्व संकलन १७ प्रतिशत बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया